भोजपुरी फिल्मका चार चर्चित स्टारको एउटै सडक दुर्घटनामा मृत्यु


१५ फाल्गुन २०८०, मंगलवार
bhojpur actors

काठमाडौँ । भोजपुरी फिल्म उद्योगका चार चर्चित कलाकारको सडक दुर्घटनामा एकै पटक ज्यान गएको छ । भारतको बिहार राज्यस्थित कैमुरमा भएको एक डरलाग्दो सडक दुर्घटनामा भोजपुरी फिल्म जगतले चर्चित कलाकार गुमाएको हो ।

ज्यान गुमाउनेहरूमा भोजपुरीका चर्चित गायक तथा अभिनेता पुण्यश्लोक पाण्डेय ‘छोटु पाण्डेय’, मोडल तथा अभिनेत्री सिमरन श्रीवास्तव र आँचल तिवारी, गीतकार सत्य प्रकाश मिश्रा ‘बैरागी बाबा’ सहित नौं जना छन् । सडक दुर्घटनाका कारण अहिले भोजपुरी फिल्म जगत शोकमा डुबेको छ । बिहारका मुख्यमन्त्री नीतिश कुमारले यस घटनाबारेमा दुःख प्रकट गरेका छन् ।

समाचार अनुसार आइतबार छोटु पाण्डेय स्कार्पियोबाट आफ्नो पूरै टीमसहित एक कार्यक्रममा भाग लिन उत्तर प्रदेश गइरहेका थिए । त्यसक्रममा बिहारको कैमुर जिल्लास्थित मोहनिया थाना क्षेत्रको एनएच २ स्थित देवकली नजिकै अचानक एक मोटरसाइकल स्कार्पियोसामु आइपुग्यो ।

मोटरसाइकललाई जोगाउने क्रममा स्कापियो अनियन्त्रित भएर एनएच सडकमै बजारियो । जब स्कार्पियोमा सवार उनीहरू बाहिर निक्लन खोज्दै थिए, त्यहीबेला पछाडिबाट आएको एउटा कन्टेनरले उनीहरूलाई ठक्कर दियो । दुर्घटना यति ठूलो थियो कि स्कार्पियो टुक्रा–टुक्रा भएको छ । केहीबेरमै उक्त घटनास्थलमै आठ जनाको ज्यान गयो । उक्त दुर्घटनाका क्रममा मोटरसाइकलमा सवार व्यक्तिको पनि ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७