सम्पति शुद्धिकरण मुद्दामा सुनिलकुमार सिंह दम्पती दोषी ठहर


१५ फाल्गुन २०८०, मंगलवार
adalat

काठमाडौँ । विशेष अदालतले सुनिलकुमार सिंह र उनकी श्रीमती मिना कार्कीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ । आज (मंगलबार) विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंह दम्पतीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि फागुन २४ गते पेश तोकेको हो। श्रीमती कार्कीलाई मतियारका रुपमा मात्रै दोषी ठहर भएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

भारतको उत्तर प्रदेश देवरिया थाना घर भएका सिंहले झुठ्ठा व्योहोरा पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीसमेत लिएका थिए । उनीमाथि संगठित रुपमा अपहरण तथा शरीर बन्धक र अवैध हातहतियारको मुद्दासमेत चलेको थियो ।
शरीर बन्धनक मुद्दामा उनी यसअघि नै दोषी ठहर भइसकेका छन्। कार्कीले विभिन्न १८ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोली अवैध रुपमा आर्जन गरेको रकम झिक्ने राख्ने गरेको सम्पत्ति शुद्धिकरण विभागको दाबी छ ।

उनीहरुले अवैध रुपमा आर्जन गरेको सम्पत्तिबाट झापा, सुनसरी, भक्तपुर, काठमाडौँसहितका जिल्ला जग्गा फेला परेको आयोगको दाबीलाई विशेषले सदर गरेको छ । सिंहविरुद्ध गत फागुन ४ एक करोड ६० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७