सरकारबिरूद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ


१६ फाल्गुन २०८०, बुधबार
Capture.JPG 1976

इस्लामबाद । पाकिस्तानी पत्रकार र भिडियो ब्लगर असद अली तूर पक्राउ परेका छन् । संघीय अधिकारीहरूले राज्य र यसका अधिकारीहरूविरुद्ध दुर्भावनापूर्ण अभियान सञ्चालन गरेको आरोपमा उनलाइ गिरफ्तार गरेका हुन् ।

उनीहरूका अनुसार सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सरकारविरुद्ध जबरदस्ती, धम्की दिने र हिंसा भड्काउने उद्देश्यका साथ पोष्ट गरेको भन्दै उनी पक्राउ परेको जनाइएको छ । संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले दुई दिनअघि तूरलाई ८ घण्टाभन्दा बढी समयसम्म हिरासतमा राखेको थियो, जसमा उनीसँग सोही सबन्धित आरोपमा सोधपुछ समेत गरिएको थियो ।
उनको प्रतिनिधित्व गर्ने वकिल इमान मजारी हाजिरले भने कि उनलाई मंगलबार बिहान इस्लामावादको एक अदालतमा ल्याइएको थियो र त्यसपछि पाँच दिनको लागि हिरासतमा पठाइएको छ ।

‘एफआईएले १० दिन हिरासत मागेको थियो तर अदालतले पाँच दिनको म्याद दिएको छ, हामी यस अवधिमा उहाँलाई सकेसम्म धेरै पहुँच प्राप्त गर्ने प्रयास गर्नेछौं र हामी उहाँको लागि जमानत खोज्ने प्रयास गर्नेछौं,’ उनले भनिन् । मजारी हाजिरका अनुसार कानून प्रवर्तन अधिकारीहरूले यसका लागि पूर्ण सहयोग गरिरहेको छन् ।

पत्रकार तुरलाइ फेब्रुअरी २३ मा एफआईएमा हाजिर भएका थिए, जब उनलाइ विश्वास देखाउनको लागि विधिवत रूपमा नोटिस पठाइएको भने थिएन तर पनि उनलाई ८ घण्टा हिरासतमा राखिएको थियो । त्यसपछि सोमवार उनलाई सोमबार उपस्थित हुन २४ घण्टाभित्र अर्को सूचना पठाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७