कैलालीमा १५ वर्षीया किशोरी गर्भवती, करणीको आरोप लागेका किशोर फरार


१६ फाल्गुन २०८०, बुधबार
garvawoti
सांकेतिक तस्वीर

धनगढी । कैलालीमा १५ वर्षीया किशोरी गर्भवती भएकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–१ की १५ वर्षीय किशोरी गर्भवती भएको प्रहरीले जनाएको छ । उनी गर्भवती भएपछि घटनामा संलग्नविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो । माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो ।

उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन् । किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ । फागुन ७ गते मात्र घटना प्रहरीमा आएको र किशोर फरार रहेको बताइएको छ । चौमाला क्षेत्रका नेताहरूले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोप समेत लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७