नाबालकबाट एक युवती बलात्कृत


१६ फाल्गुन २०८०, बुधबार
Rape 2

धनगढी । कैलालीमा एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन् ।

उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ । करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो । लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७