शिक्षा मन्त्रालयमा सबैभन्दा बढी भ्रष्टाचार, नियुक्तिको नाममा यस्तोसम्म


२१ जेष्ठ २०७५, सोमबार
siksh mantralaya

काठमाडौं, २१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा भ्रष्टाचार भएकोबारे सबैभन्दा बढी उजुरी परेको छ ।siksh mantralaya

आयोगका प्रवक्ता रामेश्वर दंगालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायमा सबैभन्दा बढी भ्रष्टाचार भएको उजुरी परेको जानकारी दिएका छन् । सोमबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले त्यसमध्ये अस्थायी शिक्षक नियुक्तिमा भ्रष्टाचारलगायतका अनियमितता भएको उजुरी सबैभन्दा बढी परेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत हालसम्म सबैभन्दा बढी ३ हजार ४४ वटा उजुरी परेको पनि प्रवक्ता दंगालले बताएका छन् । शिक्षक नियुक्ति, भवन निर्माण, छात्रवृत्ति लगायतका अनुदान सहायताको रकममा अनियमितता हुने गरेको अख्तियारको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी सामाजिक सुरक्षा भत्ता दुरुपयोगको उजुरी पनि उल्लेख्य रहेको अख्तियारले जनाएको छ । आयोगमा हालसम्म कूल १६ हजार ८ सय ८ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ । त्यसमध्ये अघिल्लो आर्थिक वर्षमा ७ हजार ७१९ वटा रहेका छन् भने चालु आर्थिक वर्षको बैसाख मसान्तसम्म ९ हजार ८९ वटा उजुरी परेका छन् । हालसम्म भ्रष्टाचारसम्बन्धी करीब ५४ प्रतिशत उजुरी फर्स्यौट गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७