कहाँबाट भिड्दै छन् कांग्रेसका ‘हेभिवेट’ हरु ?


१० कार्तिक २०७४, शुक्रबार

काठमाडाैं : प्रमुख सत्तारुढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरुको चिर्वाचन क्षेत्र तय गरेको छ । यो खबर आजको कान्तिपुरमा छ ।

Nepali Congress senior leaders कांग्रस नेपाली

राजपा र संघीय समाजवादी फोरमसहित चुनावी तालमेलको प्रयास जारी राखेको कांग्रेसले गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेल मिलाउन मुस्किल भएपछि  बिहबिार बसेको संसदीय समिति बैकठले समितिमा रहेका नेताहरुको निर्वाचन क्षेत्र तय गरेको हो ।

तालमेल मिलाउन समय लाग्ने भएकोले केन्द्रीय सदस्यको निर्वाचन क्षेत्र अर्को चरणमा गर्ने पार्टीको तयारी छ । कांग्रेस संसदीय समितिको निर्णयअनुसार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् । देउवा ०४८ सालदेखि निरन्तर डडेलधुराबाटै निर्वाचित हुँदै आएका छन् ।

०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार सुनसरी ३ बाट उम्मेदवार भएका छन् ।  कांग्रेस महामन्त्री शशांक कोईराला नवलपरासी पुर्वी १ बाट उम्मेदवार बनेका छन् ।,

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७