पोल्याण्डमा सँगै काम गर्नेको छुरा प्रहारबाट नेपाली युवाको हत्या


२०८० फाल्गुण १६ बुधबार ०७:५८ बजे

काठमाडौं । पोल्याण्डमा एक नेपाली युवाको छुरा प्रहार गरी हत्या गरिएको छ । जर्जियन सहकर्मीको छुरा प्रहारबाट उनको मृत्यु भएको एनआरएनए पोल्याण्डले जनाएको छ । मृतक साकेला–१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन् ।

उनलाई एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको पोल्याण्ड प्रहरीले जनाएको छ । उनी एक वर्ष पोल्याण्ड गएको परिवारिक स्रोतले जनाएको छ । उनको शव नेपाल ल्याउन पहल भएको छ । हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७