कुलेखानी–फर्पिङ्ग सडक आजदेखि सञ्चालनमा आउँदै


१६ फाल्गुन २०८०, बुधबार
kulekhani road

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको माग कुलेखानी–फाखेल–हुमाने सडक आजबाट सञ्चालनमा आउने भएको छ ।

सडक निर्माण तथा मर्मतका लागि गत पुस १६ गतेदेखि बन्द रहेको उक्त सडकखण्ड आजबाट संचालनमा आउने भएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ । पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले मंगलवार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या, होटेल व्यवसायी र सडकलाई लक्षित गरी संचालित अन्य व्यवसायीहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सडक संचालनमा ल्याउन लागिएको अध्यक्ष पुडासेनीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७