मन्त्री किराँतीविरुद्ध मेयर साम्पाङको गालीको वर्षा, कुलकै बेइज्जत गरेको आरोप


२०८० फाल्गुण १६ बुधबार ०६:५८ बजे

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि धरानका मेयर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीविरुद्ध खनिएका छन् ।

धरान उपमहानगर क्षेत्रमा विमानस्थल निर्माण गर्दा हवाई नीतिविपरीत हुने निष्कर्ष निकालेको प्राधिकरणले त्यहाँ विमानस्थल बनाउन नमिल्ने भनी यही फागुन १५ गते विज्ञप्ति जारी गरेयता मेयर साम्पाङले मन्त्री किराँतीविरुद्ध लगातार गालीको बर्षा गरिरहेका छन् । उनले आफ्नो सार्वजनिक ओहोदा समेत भुलेर मन्त्री किराँतीलाई असभ्य शब्दमा गाली गरिरहेका छन् । उनले एकैदिन (मंगलबार) मन्त्री किराँतील क्षित सात वटासम्म स्टाटस लेखेका छन् ।

यस क्रममा उनले किराँतीलाई पोचा लाउने कुचिकार कि मन्त्री भन्दै ‘कुलको बदनामी’ गरेको आरोप लगाउन समेत लगाएका छन् । मन्त्री किराँतीले हालै मन्त्रालयको आफ्नो कार्यकक्ष आफैले सफा गरेका थिए, जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

‘सुदन किराँती मन्त्री नै हुन् कि पोचा लाउने कुचीकार ? खोइ त प्राधिकरणलाई तह लगाको’, साम्पाङले लेखेका छन्, ‘कुलको बदनामी !’ मेयर साम्पाङले मन्त्री किराँतीले राज्यको ढुकुटी ‘सत्यानाश’ पारेको आरोप समेत लगाउन भ्याएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘केही गर्छ कि भनेको ताइ न तुइको गफबाहेक अरू केही गरेन । मन्त्री भएपछि मन्त्री जस्तो काम गरे पो यस भन्नु । राज्यको ढुकुटीको सत्यानाश मात्रै !’

उनले संविधान त परिवर्तन हुने उल्लेख गर्दै नियमावली संशोधन गरेर भए पनि धरानमा विमानस्थल बनाइ छाड्ने दाबी गरेका छन् । साम्पाङले लेखेका छन्, ‘तेरो नियम संशोधन गरेर भए पनि विमानस्थल बनाउनेछौँ । ज्यादा नखोक । संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली थु…।’

यसैबीच मन्त्री किराँतीको सचिवालयले भने यस्तो अभिव्यक्तिले ‘दुर्घटना निम्त्याउन सक्ने’ चेतावनी दिएको छ । मन्त्री किराँतीका प्रेस सल्लाहकार राजन समीपले फेसबुकमा लेखेका छन्, ‘हर्क भावना र काम गर्ने हुटहुटीको सम्मान गर्नैपर्छ । उहाँको निस्वार्थ समर्थकहरूलाई पूँजीको रूपमा लिन सकिन्छ । तर प्रिय हर्कमनहरू आवेगमा संवेगात्मकता मिठा साहित्य सिर्जना हुन्छन् नै । तथापि वैचारिक लगामविहीन भावनाले ठूला दुर्घटना निम्त्याउन सक्छन् । तसर्थ हर्क भावनाहरूलाई निराशाको उच्चतम बिन्दुसम्म पुर्‍याउन मलजल नगर्दा नै वातावरण अनुकूलनीय हुन्छ ।’

यस्ता छन् साम्पाङका स्टाटस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७