नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट


१६ फाल्गुन २०८०, बुधबार
Karan mk

काठमाडौं । टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।

उनले नेदरल्याण्ड्सका म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरे । टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । तेस्रो ओभरको पहिलो बलमा नै करणले ओपनर क्याक्स ओ डाउडलाई दीपेन्द्रसिंह ऐरी हातबाट क्याच आउट गराए । म्याक्स ओ डाउडले ४ रन बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालले खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । अविनास बोहोरा, विवेक कुमार यादव आजको खेलमा बेन्चमा छन् । उनीहरुको स्थानमा ललित राजवंशी र प्रतिश जिसी सुरुवाती ११ मा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७