गठबन्धन खरानीको डल्लो हो, भिजे पनि फुट्छ, सुके पनि फुट्छ : ओली

‘सरकार फेरबदलको खेलमा एमाले लागेको छैन’


१६ फाल्गुन २०८०, बुधबार
kp agHGwQdKPL

मोरङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेरबदलको खेलमा एमाले नलागेको बताएका छन् । एमाले अहिले मिसन ८४ मा लागेको उनले बताएका छन् ।

आज (बुधबार) बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न मिसन ८४ नाम दिएको बताए । ‘राष्ट्रियता कमजोर भयो । सुशासन र विकास कमजोर भयो जनतामा निराशा पलायो । काम राम्रो गरेर निराशालाई आशामा बदल्नका लागि पनि हामीले मिसन ८४ भनेका हौं’, उनले भने ।

प्राकृतिक स्रोत साधन भएको देशलाई विकासको बाटोमा अगाडि बढाउने काममा एमाले सरकार बाहिर भएकाले सुझाव दिने गरे पनि गठबन्धनको दम्भले अहिलेको सरकारले नसुनेको उनले आरोप लगाए । कुराकानीका क्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेस सत्तामा पुग्ने र टिकाउने खेलमा मात्रै लागेको आरोप लगाए । ‘तपाईहरूले खोजे जस्तो छैन । पहिलाको जस्तो कांग्रेस तपाईहरूले खोजेर भेटिँदैन । कांग्रेसमा त्यो प्रकारको सोच विचार पनि छैन’, उनले भने । उनले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिएका छन् । यो खरानीको डल्लो हो’, उनले भने, ‘सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७