न्युजिल्याण्ड विश्वको पहिलो धुमपान निषेधित मुलक बन्दै, नयाँ नियम जुलाइबाट लागु हुने


२०८० फाल्गुण १६ बुधबार ०७:४८ बजे

वेलिङ्टन । न्युजिल्याण्डले विश्वको पहिलो धुमपान निषेधित राष्ट्रका रूपमा आफूलाई उभ्याउने कसरतमा लागेको छ । भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्युजिल्याण्डले पुराना कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरी नियमहरू लागु गर्ने भएको छ ।

अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणाम स्वरूप मानिसलाई मर्ने खतरा कम गर्नका लागि ध्रुमपान निषेधित राष्ट्र बनाउन लागेको हो । आगामी जुलाइबाट लागू हुने गरी संसारको सबैभन्दा कडा सूर्ती विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने, धुमपान र सूर्तीजन्य उत्पादनहरूमा निकोटिनको मात्रा घटाउने र ९० प्रतिशत भन्दा बढी सुर्ती विक्रेताहरूको संख्या घटाउने निर्णय कार्वन्वयन गरिदैँछ ।

गत अक्टोबरमा निर्वाचित नयाँ गठबन्धन सरकारले पुराना कानुन खारेजी तथा नयाँ नियम तत्काल लागु गराउने निर्णय लिएको हो, यसले सार्वजनिक टिप्पणी र आलोचनालाइ वेवास्ता गर्दै पुराना कानूनलाई खारेज गर्न सक्षम भएको जनाउँदै पहिले घोषणा गरिएका योजनाहरू अनुरूप लागु गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

स्वास्थ्य मन्त्री केसी कोस्टेलोका अनुसार गठबन्धन सरकार धुमपान र सुर्तीजन्य पदार्थ प्रयोग र बिक्री कम गर्न प्रतिबद्ध रहेको जनाउँदै तर लागिसकेको बानी निरुत्साहित गर्न र यसले निम्त्याउने हानी कम गर्न फरक नियामक दृष्टिकोण अपनाइने बारेमा छलफल गरिरहेको छ । ‘म चाँडै नै क्याबिनेटमा मानिसहरूलाई धुमपान छोड्न मद्दत गर्नका लागि उपलब्ध उपकरणहरू बढाउनका लागि उपायहरूको प्याकेजको घोषणा गर्नेछु’, कोस्टेलोले सञ्चारकर्मीलाई भने, ‘नव युवाहरूलाई यसको लतबाट पूर्ण रूपमा रोक्न भ्यापिङसम्बन्धी नियमहरू पनि कडा बनाइने छु ।’

न्युजिल्यान्डमा स्वास्थ्य नतिजाहरूमा यसको सम्भावित प्रभावको बारेमा कडा आलोचना गरिएको यो निर्णयले माओरी र पासिफिकका जनसंख्या, उच्च धुमपान दर भएका समूहहरूमा ठूलो प्रभाव पार्न सक्ने डरले पनि आलोचना गरिरहेका छन् । उता, ओटागो युनिभर्सिटीका अनुसन्धानकर्ता जेनेट होकले भने, ‘ठूलोस्तरको क्लिनिकल परीक्षणहरू र मोडेलिङ अध्ययनहरूले यो कानूनले धुमपान गर्नेहरूको बीचमा द्रुतरूपमा छाड्ने दरहरू बढाउने र युवाहरूलाई धुमपान गर्न धेरै गाह्रो बनाएको देखाउँछ ।’ प्राध्यापक होक धुमपान कम गर्ने तरिकाहरू अध्ययन गर्ने समूहका सहनिर्देशक हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७