निषेधित क्षेत्र छिर्न खोजेका महतोसहितका प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी


१६ फाल्गुन २०८०, बुधबार
mahato aandolan

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका नेता राजेन्द्र महतो पक्राउ परेका छन् । उनीसहितका नेता कार्यकर्ताहरू माइतीघर क्षेत्रको निषेधाज्ञा तोड्न अघि बढेपछि प्रहरीले महतोसहित विभिन्न प्रदर्शनकारीहरूलाई भद्रकालीबाट नियन्त्रणमा लिएको हो ।

mahato 1

यस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू खटाइएका छन् । भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सी समेत चलेको थियो । घेरा तोड्न खोज्दा महतोसहितका नेता–कार्यकर्तालाई प्रहरीले लछारपछार गरेको गर्दा केही घाइते भएका छन् ।
२०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप महतो निषेधित क्षेत्र तोड्न पुगेका थिए ।

mahato

अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित अघि बढेको महतो नेतृत्वको टोलीलाई छेक्न सुरक्षाकर्मी व्यापक परिचालन गरिएको थियो । र्‍यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति साथै भावी योजनाबारे प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७