सिंचाइ आयोजनामा भ्रष्टाचार : प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर


१६ फाल्गुन २०८०, बुधबार
Akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीयसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण आयोजनामा अनियमितता गरेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारको अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव–इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै अदानचुली गाउँपालिका वडा–३ का वडाध्यक्ष दत्त विष्ट, उपप्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । यसैगरी ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुना दायर गरेको अख्तियारले जनाएको छ ।

उनीहरूले गाउँपालिकासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्यांकन गराएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ । अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सहित ११ जनाविरुद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद गरी बिगो मागदाबी माग दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७