संसदीय समितिको निर्देशन नमान्नुको कारण प्रधानमन्त्रीलाई बोलाएर सोधौं : सांसद श्रेष्ठ


१७ फाल्गुन २०८०, बिहीबार
udyog samiti samsad 2

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले दिएको निर्देशनलाई सरकारले कार्यान्वयन नगरेकोबारे असन्तुष्टि पोखेका छन् । आज (बिहीबार) को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा उनले आफ्नो असन्तुष्टि व्यक्त गरे ।

udyog samiti samsad 1

उनले समितिले दिएका निर्देशन कार्यान्वयन नगरेकोबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर ध्यानाकर्षण गराउनुपर्ने माग गरे । उनले समितिले गरेका निर्णयहरु र दिएका निर्देशन सरकारले किन मानेन भन्नेबारेमा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले समितिले दिएको निर्देशन कार्यान्वयन नभए समितिको औचित्य नरहने समेत बताएका छन् । यसबारेमा समितिले सरकार प्रमुखलाई बोलाएर जवाफ माग्नुपर्ने बताए ।

उनले भने, ‘गुणस्तरमै समस्या छ भन्नु भएको छ । यही डण्डीबाटै पुल, बिल्डिङ, सुरुङ बन्ने जति पनि पूर्वाधार बन्ने छ, यो गम्भीर कुरा छ । र्‍यापिडस्तरमै छलफल गरेर समितिले निर्देशन दिनुपर्छ । समितिले निर्देशन दिएका कुरा कार्यान्वयन भएको रहेनछ । प्रधानमन्त्री ज्यूलाई नै उपस्थित गराएर समितिले गरेका निर्णयहरु हामीले दिएका निर्देशन किन मानेन सरकारले भन्नेकुरा गम्भीर छ । सरकारको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ, यसलाई गम्भीर रुपमा लिनुपर्छ । हामीले निरीक्षण किन गरेको, छलफल किन गरेको, किन निर्देशन दिएको यदी कार्यान्वयन नहुने हो भने । हामीले सरकार प्रमुखसँगै सल्लाह गर्नुपर्छ ।’ उनले छडजन्य सामग्रीको गुणस्तर मापनमा बढी जोड दिन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७