व्यापारीलाई रविको आग्रह : दशैं–तिहारमा नेता–कर्मचारीका घरमा रक्सी पुर्‍याउने काम बन्द गर्नुस्


१७ फाल्गुन २०८०, बिहीबार
rabi lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दशैं–तिहारमा नेता र कर्मचारीका घरमा रक्सी पुर्‍याउने काम बन्द गर्न व्यापारीहरुलाई आग्रह गरेका छन् । व्यापारीले राज्यलाई कर तिरे पनि उनीहरू नेतासँगको सम्बन्धका कारण सम्मानित बन्न नसकेको टिप्पणी गरेका छन् ।

आज (बिहीवार) प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले व्यापारीले नेता र कर्मचारीको घरमा उपहार पुर्‍याउने काम रोक्नु पर्ने टिप्पणी गरेका हुन् । सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागका अधिकारीलाई बोलाइएको बैठकमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका प्रमुखलाई पनि बोलाइएको थियो ।

‘विश्वमा अन्य देशमा ट्याक्सपेयरलाई सम्मानित नागरिकको रुपमा हेरिन्छ । तर नेपालमा नेतासँगको कनेक्सनका कारण व्यापारीलाई शंकाले हेरिन्छ । तपाईंहरूले दशैं–तिहारमा नेता–कर्मचारीको घरमा उपहार लैजान छाड्नु पर्‍यो । यो विषयमा खुलेर डिस्कस नगरे निजी क्षेत्रले मुक्ति पाउँदैन,’ उनले भने । सभापति लामिछानेले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत लगेपछि दुवै निकायको उपादेयता समाप्त भएको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७