राष्ट्रियसभा अध्यक्ष माओवादीले नै पाउनु पर्छ भन्ने विषयमा लिखित निर्णय भएको छैन : प्रचण्ड

‘कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेद्वार पराजित’


१७ फाल्गुन २०८०, बिहीबार
prachanda 9
फाइल फोटो

चितवन । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनु पर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् ।

आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनु पर्नेमा अधिकांश सदस्यहरूको जोड रहे पनि पार्टीले लिखितरूपमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा नवनिर्वाचन राष्ट्रियसभा सदस्य कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सक्ने आफूले केही समयअघि बताए पनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको उनले बताएका छन् ।

उनले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता–कार्यकर्ता आक्रोशित भएको बताए । कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा विषय र जनयुद्धबारे बेमौसमको बाजालगायतले आशंका उत्पन्न भएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७