राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


१८ फाल्गुन २०८०, शुक्रबार
Samsad latest scaled
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दैछ । सघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आब्हान गरिएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फवाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) बिकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मुल्याङ्कनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्नेछिन् ।

दिगो ब्यवस्थापन तथा सुशाषन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङ्कन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नेछन् । बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘खाद्य अधिकार तथा खाध सम्प्रुभता सबन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिबेदन २१०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक बातावरण प्रवर्दनसम्बन्धी केही ऐनलाइ संशोधन गर्न बनेको बिधेयक २०७९’ माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् र उनले सो बिधेयकलाइ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

साथै, राष्टियसभा नियमावली, २०७५ को संसोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा (दोस्रो संसोधन नियमावली) २०८० माथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने लगत्तै ‘पारित गरियोस्’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७