गृह मन्त्रलायले भन्यो, ‘सुनकाण्डको छानविन पूर्वाग्रही छैन, अनुसनधान प्रभावित नपारौं’ (विज्ञप्तीसहित)


२१ जेष्ठ २०७५, सोमबार
Griha Mantralaya Home Ministry

काठमाडौं, २१ जेठ । गृह मन्त्रालयले गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धानका विषयमा विभिन्न निकायका व्यक्तिहरुबाट आएको प्रतिक्रियाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।Griha Mantralaya Home Ministry

गृहले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धान र अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा सार्वजनिक भएका धारणाप्रति आपत्ति जनाएको हो । गृहको विज्ञप्तिमा अनुसन्धानमा कोही व्यक्ति, पदाधिकारीप्रति आग्रह पूर्वाग्रह नराखी प्रचलित कानुनले दिएको अधिकारअनुसार भएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘अनुसन्धान कार्य सम्बन्धमा अदालतमा विचाराधीन अवस्थामा रहेका संवेदनशील अवस्थामा रहेका विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेकोप्रति ध्यानाकर्षण भएको छ ।’ आइतबार नेपाल प्रहरीका तीन जना पूर्व प्रहरी उच्च अधिकारीले सुनकाण्डको अनुसन्धान सम्बन्धमा प्रश्न उठाएपछि सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

यस्तो छ मन्त्रालयको विज्ञप्तिHome minister

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७