रूसी सेनामा कार्यरत आफ्ना २० नागरिकलाई फर्काउँदै भारत


०७:३५ बजे

नयाँदिल्ली । रुसी सेनामा सपोर्ट स्टाफका रुपमा कार्यरत करिब २० भारतीय नागरिकलाई जतिसक्दो चाँडो राहत दिने हरसम्भव प्रयास भइरहेको भारतले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘रुसी सेनामा सहायक वा सहयोगी कर्मचारीको रूपमा काम गर्न गएका २० जना भारतीयहरू छन् भन्ने हामीलाई विश्वास छ । हामी उनीहरूलाई बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेका छौं ।’

उनका अनुसार रूसी सेनामा भर्ना भएका भारतीयलाई राहत र मद्दत गर्न खोजिरहेको छ । रूसी सेनामा कार्यरत ती भारतीयहरूले मस्कोस्थित भारतीय दूतावासलाई सम्पर्क गरेको उनले बताए । उनीहरु विभिन्न स्थानमा छन् र भारतीय दूतावास उनीहरुको सम्पर्कमा छ । जैसवालले भने, ‘यी भारतीयहरूलाई आफ्नो देश फर्काउन सुनिश्चित गर्न दिल्ली र मस्को दुवैमा रूसी अधिकारीहरूसँग सम्पर्कमा छ ।’

‘हामीले मानिसहरूलाई युद्ध क्षेत्रहरूमा नजान वा अप्ठ्यारो हुन सक्ने परिस्थितिमा नपर्न आग्रह गरेका थियौं । हामी हाम्रा सबै जनताको हितका लागि प्रतिबद्ध छौं,’ उनले भने । यसअघि भारतीय विदेश मन्त्रालयले सोमबार भारतको मागमा रुसी सेनाले सहायकको रुपमा काम गरिरहेका धेरै भारतीयलाई रिहा गरेको बताएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७