पत्रकार महासंघद्धारा अर्घाखाँचीमा अन्तरक्रिया कार्यक्रम


२१ जेष्ठ २०७५, सोमबार
fnj

सन्धिखर्क, जेठ २१ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सन्धिखर्कमा शाखाले महासंघको केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलको उपस्थितिमा अन्तरक्रिया सम्पन्न गरेको हो । fnj

‘सही जानकारी प्रमाणसहित लिनु वा दिनु एउटा सच्चा पत्रकारको कर्तव्य हो, सूचना एक आफैमा अमूल्य हिरा हो चिन्यो भने जीवन स्वर्ग बनाउन सहयोग पु¥याउँछ ।’,कार्यक्रममा उपाध्यक्ष पोखरेलले भने,‘ ठिक सूचनाले जनता र जनप्रतिनिधि बिच नङ र मासुको जस्तो सम्बन्ध कायम राख्छ, गाउँ जिल्ला प्रदेश देश बन्ने आधार सत्य सूचनाले भूमिका खेलेको हुन्छ ।’
पत्रकार महासङ्घ ५ नं. प्रदेश सदस्य शोभाखेर पंथीले भन,‘पत्रकारले आफ्नो ठाउँबाट सत्य तथ्य जनतासामु ल्याउनुपर्छ । राज्य पनि पत्रकारहरूलाई स्वास्थ्य बिमा लगायतका सुविधा उपलब्ध गराएको छ ।’

त्यस्तै नेपाल पत्रकार महासङ्घ अर्घाखाँची जिल्ला शाखाका अध्यक्ष हिम ब. लेकालीले सत्य सूचना लेनदेनको बानी बसालौँ, पार्टी प्रतिको मोह भन्दा एक जुट भएर जनताप्रति उत्तर दायित्व लिनुपर्ने बताए ।

कार्यक्रममा सूचनाको महत्त्व हक अधिकार पत्रकारको जिम्मेवारी लगायतका विषयमा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार, छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, मालारानि गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, प्रहरी निरीक्षक, पत्रकार तथा सी. आइ. जी अध्यक्ष मुक्ति नाथ भुसाल, पत्रकार श्याम घिमिरे, अशोक खनाल, अशोक पौडेल, प्रेम नारायण आचार्य, हृदय कुमार भुसाल, लगायतको उपस्थित थिए ।

कार्यक्रम करिब ५५ जना पत्रकार सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७