‘शरीर देखाएर हिट होइन स्वरको शक्तिले लोकप्रिय हुन चाहान्छु’


२१ जेष्ठ २०७५, सोमबार
jun Prasai

भनिन्छ, संगीत चाहेर हुदैन, पाएर आएको हुनुपर्छ । संगीत यस्तो क्षेत्र हो जो विद्यालय वा विश्वविद्यायका कक्षाकोठा धाएर मात्रै हुदैन, केही न केही पाएरै आएको हुनुपर्छ । पूर्वको ताप्लेजुङ हाङपाङबाट झापाको विर्तामोड झरेकी गायिका जुन प्रसाईले औपचारिक रुपमा संगीतको ‘क्लास’ लिएकी छैनन् । तर, उनी पूर्वको सांगीतिक कार्यक्रमहरुमा उनको ‘डिमान्ड’ छ । सुरिलो स्वरले सबैको मन जितेकी छिन् । यस्तो लाग्छ, जुनले पनि संगीतको शक्ति पाएरै आएकी छिन् ।

पूर्वको इलामदेखि भोजपुरसम्मका जिल्लाका स्टेज सोहरुमा उनी पुगेकी छिन् । पुग्छिन् । झापा बसेरै विदेशका कार्यक्रमहरु समेत स्टेज सोका लागि पुगेकी छिन् । नजिकैको छिमेकी शहर दार्जिलिङ, सिक्किममा पनि उत्तिकै चर्चित छिन् । गीत रेकर्डको हिसाबले उनले अहिलेसम्म चारवटा मात्रै रेकर्ड गराएकी छिन् । तर, स्टेजहरुमा अन्य चर्चित कलाकारहरुको लोकप्रिय गीत गाएरै उनी लोकप्रिय छिन् ।

jun Prasai

 

नेपालको सबै क्षेत्र आजसम्म काठमाडौं केन्द्रीत नै छ । अझ संगीतमा त स्थापित हुन काठमाडौं नै जानुपर्ने बाध्यता हटिसकेको छैन । तर, जुनले भने विर्तामोडमै बसेर संगीतलाई सोख मात्रै होइन आर्जनको माध्यम समेत बनाएकी छिन् । भन्छिन्,‘संगीतभन्दा मेरो अरु कुनै पेशा छैन । यसमै उज्यालो भबिष्यको सपना देखेकी छु ।’ विर्तामोडमा बसेर पनि राम्रो आर्जन गरीरहेकी बताउँछिन् । सुरुमा उनले केही व्यान्डहरुसँग मिलेर काम गरिन् । अहिले स्वतन्त्र रुपमा गाउदै हिडेकी छिन् । केही अपवाद बाहेक अधिकांस कार्यक्रमहरुमा उनी पैसा लिएर मात्रै गाउँछिन् । त्यस्तो उनी सुन्दरी गायिकाको रुपमा पनि परिचित छिन् । केही गीतहरुमा मोडलको भूमिकामा देखिएकी जुन नाँच्दै गाउने गायिका पर्छिन् । पछिल्लो समयमा स्टेज कार्यक्रमहरुमा स्वरभन्दा पनि शरिर देखाउने होड चलिरहेको छ । तर, यी सुन्दरी गायिका भने यसलाई अस्वीकार गर्छिन् । भन्छिन्,‘शरीर र सुन्दरता भन्दा स्वर ठुलो कुरा हो । केही छिन हिट हुनु र संगीतमै लोकप्रिय हुनु फरक कुरा हो ।’

आफू हिट भन्दा लोकप्रिय हुने प्रयासमा रहेको बताउँछिन् । भन्छिन्,‘हिट त जो केही छिनमै हुन सक्छ । तर, त्यो हुरी बतास अथवा खहरे जस्तै हो । लोकप्रिय हुनुपर्छ । म शान्त समुन्द्र बन्न चहान्छु ।’ शरीरको सुन्दरताभन्दा स्वरको शक्तिमा विश्वास गर्छिन् । त्यसो त सुन्दरताको असर पनि कही न कही त पर्छ नै । चिटिक्कै परेको मान्छेसँग जो सुकै पनि बोल्न र परिचित हुन खोज्ने अनुभव छ उनीसँग । भन्छिन्,‘चिटिक्क भएपछि केही न केही प्रभाव त पर्छ नै, तर त्यो नै प्रमुख कुरा होइन ।’

jun prasai 2

झापाको  विर्तामोडमा बस्ने संगीतको कक्षा नलिए पनि विश्वविद्यालयको शिक्षा भने जारी राखेकी छिन् । स्नातक तहको पढाई पुरा गरेकी जुन अब संगीत उज्यालो सपना बोकेर काठमाडौं आउने योजनामा छिन् । संगीतलाई गहिरो गरी बुझेर लाग्ने योजनामा छिन् । भन्छिन्, ‘संगीतको खोला त तरि नै रहेकी छु, अब सप्तकोशी हुदै समुन्द्र पुग्ने सपना छ ।’

चर्चित गायिका मेलिन राई, शिब परियार लगायतको गीतमा मोडलिङ गरेकी छिन् । मोडलिङमा निकै अफरहरु आएपनि अब मोडलिङ भने छोड्ने योजनामा छिन् । ‘मेरो अभिरुची भनेको मेहेनेत गरेर स्वरलाई नै खार्ने हो । अब मोडलिङ होइन गायनमै जोड दिन्छु’ उनले सुनाईन् । काठमाडौंमा मास्टर डिग्रीका पढाईसँगै संगीतलाई अगाडि बढाउने योजनामा सुनाईन् । भनिन्,‘अब कडा मेहनेतका साथ लाग्ने योजनामा छु ।’

jun prasai 4

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७