प्राधिकरणबाट खोसेर चिनियाँलाई दिने तरखर


२२ जेष्ठ २०७५, मंगलवार
21 Shares
tamor river rafting57

काठमाडाैं, २२ जेठ । खोलानाला विदेशीलाई सम्पने पुरानै शैली पछ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले तमोर चिनियाँलाई दिने तरखर गरेको छ । अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।tamor river rafting57

हालसम्म पहिचान भएकामध्ये सबैभन्दा सस्तो र आकर्षक जलाशययुक्त तमोर जलविद्युत्त आयोजना (७ सय ६२ मेगावाट) सरकारले विद्युत्त प्राधिकरणको हातबाट झिकेर एक चिनियाँ कम्पनीलाई दिने तयारी थालेको अन्नपूर्णको समाचारमा उल्लेख छ । यो आयोजना अति सस्सतो भएकाले आयोजनास्थल प्रदेश नं। १ का स्थानीय दलका नेता, सांसद् तथा स्थानीयले छिटो काम थाल्न दबाव दिँदै आएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डको अगुवाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत्त प्राधिकरणलाई पत्र लेखी तमोर जलाशययुक्त आयोजना विकासका लागि लगानीबोर्डबाट माग गरिएबमोजिमको धारणा यस कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिएको छ । लगानी बोर्डले गत वैशाख २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्राधिकरणलाई तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई हस्तान्तरण गर्ने सम्बन्धमा प्राधिकरणको धारणा मागेको थियो ।

चीनको साङडोङ वाटर डेभलपमेन्ट ग्रुपको सहायक कम्पनी सिचुवान एएनएचई हाइड्रोलिक एण्ड हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङ कम्पनी लिमिटेडले गत वैशाख ६ गते नेपाल सरकार लगानी बोर्डलाई उक्त आयोजना आफूले विकास गर्न चाहेको आशयसहित पत्राचार गरेको थियो । योसँगै सरकारले पनि उक्त आयोजना सम्पने तयारी गरेको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७