७१ स्थानमा नेपाल–भारत सीमा विवाद, मुख्य समस्या कालापानी र सुस्तामा

काठमाडाैं, २२ जेठ । नेपाल र भारतबीच करिब ७१ स्थानमा सीमा विवाद छ । सुस्ता र कालापानीबाहेकका स्थानमा सीमा विवादका लागि नापी विभागका महानिर्देशक तथा प्रमुख जिल्ला अधिकारीस्तरका समिति क्रियाशील छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
दुवैतर्फका महानिर्देशक रहेको बोर्डर वर्किङ ग्रुपमार्फत प्रजिअस्तरको फिल्ड सर्भे टिमले चार क्षेत्र छुट्याएर काम गरिरहेको छ । सीमाको सबैभन्दा ठूलो समस्या कालापानी र सुस्तामा छ ।