स्थानीय तहका प्रमुख नै चढ्छन् भारतीय नम्बर प्लेटका गाडी

राैतहट, २२ जेठ । रौटहटका १८ मध्ये १२ स्थानीय तहका प्रमुखहरुले निर्वाध रुपमा भारतीय नम्बरका सवारीसाधन चढ्दै आइरहेको समाचार राजधानी दैनिकले छापेको छ ।
समाचार अनुसार, त्यस्ता सवारी चढ्नेमा ११ नगरपालिकाका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष रहेका छन् । भारतीय नम्बरका सवारी साधन प्रयोग नगर्नेमा चन्द्रपुर, गरुडा, गौर, गजुरा, गढीमाई नगरपालिका र दुर्गा भगवती गाउँपालिका गरी ६ वटा स्थानीय तह मात्र छन् ।
नेपालको सवारीसाधनको तुलनामा भारतीय सवारीसाधन सस्तो भाडामा पाइने भएकाले पनि भारतीय नम्बरका सवारीसाधन प्रगोग गर्ने गरेको एक नगर प्रमुखले बताए ।