त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको फाइनल पुग्न आज नेदरल्याण्ड्स र नामिबिया भिड्दै


२० फाल्गुन २०८०, आईतवार
Namibia 13Gfp08uby

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा आज (आइतबार) नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ । खेल त्रिवि मैदानमा बिहान ११ः३० बजेदेखि शुरु हुनेछ । सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । अब फाइनल पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ । हिजो भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ ।

शुरुको दुई खेलमा लगातार हारेको नेपाल पछिल्ला दुई खेल जितेर फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान ४ अङ्क रहेको नेदरल्याण्ड्स पहिलो र नामिबिया २ अङकसहित तेस्रो स्थानमा छ । फाइनल खेल पर्सी मंगलवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७