चितवनमा स्कुलबाट घर फर्किदै गर्दा हराएका बालक मकवानपुरमा भेटिए


२० फाल्गुन २०८०, आईतवार
Nikesh baral

चितवन । चितवनबाट हराएका एक बालक मकवानपुरमा भेटिएका छन् । केही बेरअघि उनी मकवानपुरको हेडौडा बसपार्कमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका– १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका थिए । पोखरा महानगरपालिका–१३ घर भएका बालक बराल गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७