बालुवाटारबाट ओली निस्किए लगत्तै प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता


२० फाल्गुन २०८०, आईतवार
prachanda deuwa 1
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (आइतबार) बालुवाटारमा एक घण्टा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । दुई शीर्ष नेताबीच टीआरसी (संक्रमणकालीन न्याय) सम्बन्धी विधेयक टुंगोमा पुर्‍याउनेबारे करिब एक घण्टा छलफल भएको उनले जानकारी दिएका छन् ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि झण्डै एक घण्टा नै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टीआरसी विधेयक संसद्बाट पारित गराउन आज सो विधेयक प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफल हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७