रास्वपाको विहानैदेखि सचिवालय बैठक जारी


२१ फाल्गुन २०८०, सोमबार
rabi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक विहानैदेखि जारी छ । आज (सोमबार) बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिएका छन् ।

संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ । अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विकसित पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाएको हो ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन् । उनीहरू बालुवाटार पुगे पनि गठबन्धन बैठक भने स्थगित भएको बताइएको छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमसँगै सत्ता गठबन्धन धरापमा पर्दै गएको छ । यस्तै नयाँ सत्ता समीकरणको प्रयास समेत देखिएको छ । नयाँ सत्ता समीकरणको विषयमा एमाले, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) र रास्वपाले छलफल अगाडि बढाएका छन् ।

नयाँ सत्ता समीकरणलाई अन्तिम खाका दिने गरी छलफल अघि बढिरहेको नेताहरुले बताइरहेका छन् । जस अनुसार सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्ने, उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा रहने गरी छलफललाई अगाडि बढाइएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७