एमालेसहितको नयाँ गठबन्धन बन्न लागेपछि देउवाले बोलाए पदाधिकारी बैठक


२१ फाल्गुन २०८०, सोमबार
Nepali congress samsadiya dal 1 1024x624 1
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रसँगको गठबन्ध टुट्ने संघारमा पुगेका बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले थप छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक बिहान १० बजेका लागि देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ । सोमबार बिहान १० बजेका लागि सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका नेता जीवन परियारले जानकारी दिएका छन् ।

यसअघि आजै बिहान कांग्रेसका सभापति देउवा र उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गए राति सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस झस्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७