रास्वपा रविकै नेतृत्वमा सरकारमा जाने, गृहसहित चार मन्त्रालय दाबी


२१ फाल्गुन २०८०, सोमबार
Rabi lamichhane 4
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नयाँ सत्ता समीकरण बन्ने र रास्वपा पनि सरकारमा सहभागी हुने नेताहरूले जानकारी दिएका छन् ।

सभापति एवं संसदीय दलका नेता लामिछानेकै नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने सो पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताएका छन् । ‘हाम्रो नेतृत्व उहाँ (रवि लामिछाने) बाट नै हो । अघिल्लो पटक पनि हामी उहाँकै नेतृत्वमा थियौँ । यस पटक पनि उहाँले नै नेतृत्व गर्नुहुनेछ’, उनले सुनाए ।

पार्टीले चार मन्त्रालयमा दाबी गरेको उनले बताएका छन् । कुन–कुन मन्त्रालय लिने भन्ने छलफलपश्चात् टुंगो लाग्ने उनको भनाइ छ । ‘चार मन्त्रालय हामीले पाउनु पर्छ भन्ने हो । यसो हुँदा व्यावहारिक हुन्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने । रास्वपा सभापति लामिछानेले आफूले गृह मन्त्रालय पाउने पर्ने बताएका छन् । यसअघि पनि उनी उपप्रधानसहित गृहमन्त्री भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७