कतारमा नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला


२२ जेष्ठ २०७५, मंगलवार
katar 2

काठमाडाैं, २२ जेठ ।  कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । आजको कान्तिपुर दैनिकमा  समाचार छ ।katar 2

कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

यो फैसलाउपर नेपाली दुतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । औरही १ महोत्तरीका चौधरी हत्या अभियोगमा २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए । अदालतले मृत्यु नभएसम्म गोली हानेर मृत्युृदण्ड दिने फैसला सुनाएको हो ।

पुनारावेदनमा बहस गर्न झन्डै ३० हजार रियाल करिव ६ लाख रुपैयाँ लाग्ने भन्दै दुतावासले बजेट उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७