माओवादीबाट हितबहादुर तामाङ बन्दै मन्त्री, प्रचण्डले पुरा गर्दै ‘वाचा’


०७:४७ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै हुने सानो आकारको मन्त्रिमण्डल विस्तारमा सहभागी गराउने भएका हुन् ।

तामाङ नुवाकोट–१ बाट प्रतिनिधिसभा निर्वाचन जितेर संघीय संसद्मा प्रवेश गरेका थिए । तामाङ दोस्रो पटक मन्त्री बन्न लागेका हुन् । यसअघि उनी खेलकुद मन्त्री भइसकेका छन् । तामाङलाई मन्त्री बनाइएको र आवश्यक तयारी अघि बढाउन प्रधानमन्त्रीले भनिसकेका स्रोतले जानकारी दिएको छ ।

सम्भवतः आजै साँझ नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी छ । कांग्रेससँगको गठबन्धन तोडिएसँगै प्रधानमन्त्री प्रचण्डले एमालेसँगको नयाँ समीकरण बनाएका छन् । नयाँ गठबन्धनमा आजै चार सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गर्ने र बाँकी भागबण्डाका आधारमा विस्तारै गर्ने सहमति भएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गत ल्होछारमा टुँडिखेलमा आयोजित कार्यक्रममा बागमतीबाटै तामाङ समुदायको मन्त्री बनाइने वाचा गरेका थिए । तामाङ समुदायकै त्यस कार्यक्रममा पुगेर उनले गरेको वाचा यिनै तामाङतर्फ इङ्गित थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७