रास्वपाबाट डीपी अर्याल बन्दै मन्त्री


२१ फाल्गुन २०८०, सोमबार
dp aryal1674838469

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । आज (सोमबार) उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिएका छन् ।

नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृहमन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७