कांग्रेस प्रतिपक्षमा बस्ने : देउवाले भने, ‘प्रचण्डले हामीलाई धोका दिए’


२१ फाल्गुन २०८०, सोमबार
deuwa 1
फाइल फोटो

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो ।

अब आफूहरु प्रतिपक्षीको बेञ्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका हुन् ।

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर धोका दिएको ‘ब्रिफिङ’ गरेका लेखकले जानकारी गराए । ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७