तत्कालीन साराङकोट गाविस सचिवसहित पाँच जना भ्रष्टाचारी ठहर


२१ फाल्गुन २०८०, सोमबार
adalat

काठमाडौँ । कास्कीको तत्कालीन साराङकोट गाविसका सचिवसहित पाँच जना भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिएको अभियोगमा तत्कालीन सराङकोट गाविसका सचिव मोदनाथ रेग्मीसहित पाँच जना विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले सराङकोट गाविसको ६ रोपनी जग्गा सार्वजनिक भेला बोलाएर व्यक्तिलाई दिएको कसुरमा उनीहरुलाई दोषी ठहर गरेको हो । त्यसबेलाका गाविस सचिज रेग्मी र झपटबहादुर थापा, वडा सदस्य यमबहादुर थापा, गाविस सचिव मानबहादुर थापा र स्थानीय दिलबहादुर गुरुङलाई अदालतले दोषी ठहर गरेको हो ।

उनीहरूलाई जनही एक वर्ष कैद र १ लाख ७१ हजार जरिवाना गर्ने फैसला भएको अदालत स्रोतले जनाएको छ । तर सबै जना ज्येष्ठ नागरिक भएकोले सजायमा ७० देखि ७५ प्रतिशतसम्म छुट दिन विशेषको फैसलामा उल्लेख छ । गुरुङलाई ७० प्रतिशत र अरूलाई ७५ प्रतिशत छुट दिन निर्णय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७