राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह : नयाँ मन्त्रीहरूको शपथ आजै गराइ दिनू


२१ फाल्गुन २०८०, सोमबार
PM rastrapati Prachand ramchandra e1700633933945

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ मन्त्रीहरूको शपथ आज (सोमबार) नै गराइदिन आग्रह गरेका छन् । नयाँ सत्ता गठबन्धन बनेसँगै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई केहीबेरअघि भेटेर यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले तीन जना मन्त्रीलाई सोमबार साँझ नै शपथ गराउने तयारी गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले औपचारिक रूपमा नयाँ मन्त्रीहरूको नाम पठाउने पनि बताएका छन् ।

कांग्रेस मन्त्रीले राजीनामा नदिएपछि हटाएर उनी नयाँ मन्त्री बनाएको पत्र लिएर गएका हुन् । अहिलेसम्म तीन मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ । जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय थप गर्नुपर्ने भनेपछि दलहरूले छलफल लम्ब्याएका हुन् । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्मा एमाले, माओवादी, रास्वपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७