सत्ता समीकरणको असर : गण्डकीमा माओवादीका दुई मन्त्री हटाइए


२२ फाल्गुन २०८०, मंगलवार
gandaki mao

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

माओवादी केन्द्रका दुई जना मन्त्रीलाई मुख्यमन्त्री पाण्डेले आज बर्खास्त गरेको मुख्यमन्त्री स्रोतले जानकारी दिएको छ । संघीय सरकारमा गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा केन्द्रको बाछिटाको असर परेको हो ।

केन्द्रमा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमाले ,रास्वपा र जसपालगायत दलसँग मिलेर नयाँ गठबन्धन बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सबै मन्त्रीहरूलाई बर्खास्त गरेर चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । एमालेका पदम गिरी, माओवादकी हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विना विभागीय मन्त्री बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७