रास्वपाले माग्यो गृह‚ भौतिक‚ पर्यटन र शहरी विकास मन्त्रालय


२२ फाल्गुन २०८०, मंगलवार
Rabi lamichhane 1
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालयमा दावी गरेको छ । रास्वपाले चार मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको सो पार्टीका एक शीर्ष नेताले जानकारी दिएका छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताले जानकारी दिएका छन् ।

रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबण्डा टुंगो लगाउन छलफलमा छन् । ‘गृहसहित पर्यटन‚ भौतिक पूर्वाधार‚ शहरी विकास मन्त्रालय लिने विषयमा छलफल भइरहेको छ’‚ ती नेता भन्छन्, ‘सबै हामीले भनेको त नहोला, तर अडान त राख्नु प¥यो नि !’ रास्वपाले गृह मन्त्रालय जुनसुकै हालतमा आफूले पाउनुपर्ने अडान राखेको छ । गृहमा नेकपा (एमाले) को पनि दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७