चीनका लागि जासुसी गरेको भन्दै अमेरिकामा एक जना पक्राउ

काठमाडौं, २२ जेष्ठ । २०७५ चीनका लागी जासुसी गरेको भन्दै अमेरिकाको सियाटलबाट एक जना पक्राउ परेका छन् ।
अमेरिकी संघीय अनुसन्धान ब्युरोले चीन जानका लागी विमानस्थल पुगेका ५८ वर्षिय रोन रकवेल ह्यान्सनलाई पक्राउ गरेको हो ।
चिनियाँ एजेन्टका रुपमा उनलाई चीन प्रशासनले ८ लाख डलर दिएको समेत एफबीआईले जनाएको छ । उनले अमेरिकाको रक्षा मन्त्रालयका सुचना संकलन गर्दै चीनलाई सुचना दिने गरेको खुलेको छ ।
१५ वटा विभिन्न आरोप लागेका ह्यान्सन माथि गैराकानुनी रुपमा मुद्रा विदेश लगेको ,मौद्रिक संरचनाको लेनदेन गरी अमेरिकि सामानको पैठारी गरेको उल्लेख छ । उनलाई जासुसीको आरोपमा जन्मकैद सम्म हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।