बाराको निजगढमा मृत बाघ फेला


०७:५६ बजे

बारा । बाराको निजगढ नगरपालिका– ४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मरेको छ । कछडिया सामुदायिक वनको छेउ बकैया खोलाकिनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको हो ।

मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए । हेर्दा चार–पाँच दिन अगाडि नै मरेको देखिन्छ । पोथी बाघ करिब आठ वर्षको रहेको र प्रायः बाघ जुधेर मर्ने वा घाइते हुने गर्छन् । तर, यो बाघ भने बुढो भएर मरेको अनुमान गरिएको छ । योसँगै पछिल्लो एक महिनाको अन्तरालमा बारामा मात्रै दुईवटा बाघ मरिसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७