शेयरको आधार मूल्यमा लाभकर विवाद : लगानीकर्ताले शेयर किनबेच पारे ठप्प


२२ जेष्ठ २०७५, मंगलवार
IPO aakhukhola

काठमाडौं, २२ जेठ । हकप्रद र वोनस शेयरको आधार मूल्यमै लाभकर लिने सरकारी निर्णयको विरोध गरिरहेका संगठित लगानीकर्ताहरुले मंगलवार शेयर कारोवार ठप्प पारेका छन् । IPO aakhukhola

नेपाल स्टक एक्सचेञ्ज र ब्रोकरहरुले कारोबार गर्नका लागि कार्यालय खोले पनि लगानीकर्ताले किनबेचको अर्डर नदिँदा कारोबार ठप्प छ । नियमित कारोवारका लागि नेपाल स्टक एक्सचेन्जले ११ बजे नै कारोवारको कक्ष खोलेको जानकारी नेप्से प्रविधिक शाखा प्रमुख निरञ्जन नायकले दिएका छन् ।

शेयर कारोवार गराउने सदस्य दलाल कम्पनीमा समेत लगानीकर्ताले खरिद बिक्री आदेश दिएका छैनन् । भिजन सेक्युरिटिका निर्देशक राजकुमार तिमल्सिनाले कार्यालय खोलेर बसे पनि लगनीकर्ताले अर्डर नदिएका कारण किनबेच नभइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि रुष्ठ बनेका लगानीकर्ताले मंगलबारबाट आन्दोलन थप कडा वनाएका हुन् । कार्यालय खुलेदेखि नै नेपाल स्टक एक्सचेन्ज र धितोपत्र वोर्ड घेराउ कार्यक्रमलाई संगठित लगानीकर्ताले निरन्तरता दिएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र पुँजी बजार लगानीकर्ता सघंले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलबार सेयर कारोबार नगरी आन्दोलनलाई पूर्ण रुपमा सहयोग गरिदिन सबै लगानीकर्ता र ब्रोकर कम्पनीहरुलाइ आग्रह समेत गरेका थिए ।
लाभकरको अन्यौलता भने हटाउने अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार बताएका थिए । अर्थमन्त्रीको आश्वासनलाई लगानीकर्ताले नपत्याई दिंदा मंगलबार कारोबार हुन सकेन । संगठित लगानीकर्ताहरुले ब्रोकर कार्यालयले कारोबार गरेमा ताल्चा लगाई दिने धम्की दिएका कारण पनि नियमित कारोबार हुन नसकेको स्रोतको दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७