माओवादीका तीन मन्त्री दोहोरिंदा, सुदन किराती ‘आउट’, नारायणकाजीको ‘सरुवा’


०८:०५ बजे

काठमाडौं । नयाँ बनेको गठबन्धनबाट प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रले ६ मन्त्रालय पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा दोहोरिएका छन् । तर, सुदन किराती भने ‘आउट’ भएका छन् ।

यसअघि उपप्रधानसहित गृहमन्त्री बनेका नारायकाजीलाई यस पटक सरुवा भएर उपप्रधान एवम् परराष्ट्र मन्त्रालयको जिम्मेवारी पुगेका छन् । त्यस्तै शक्तिले उर्जा र रेखाले सञ्चार पुरानै मन्त्रालय पाएका छन् । यसअघि सुदनले पाएको मन्त्रालय माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले पाएका छन् । तामाङ पहिलो पटक मन्त्री बन्दै छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७