१७ मन्त्रीको तोकियो मन्त्रालय, १४ जनाले शपथ लिंदै (सूचीसहित)


२३ फाल्गुन २०८०, बुधबार
shital niwash

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबार नै शपथ लिएकाले आज (बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् ।

नयाँ सत्ता गठबन्धनबाट मन्त्री बन्नेहरुको शपथ राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अपराह्न ५ बजे गराउने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार अपराह्न ५ चार बजे मन्त्रीहरुको शपथ हुने भएको हो ।

सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएसँगै चारै उपप्रधानमन्त्रीको शपथ सोमबार हुने भनिए पनि सबै दलमा मन्त्री बन्नेहरुको तँछाडमछाडका कारण सोमबार तीन मन्त्रीको मात्र शपथ भएको थियो ।
यस्तो छ मन्त्रीहरुको कार्य विभाजन

एमाले

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७