नारायणकाजी प्रचण्डको एउटै कार्यकालमा तीन मन्त्रालयमा सरूवा


२३ फाल्गुन २०८०, बुधबार
narayankaji shrestha
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् । पुराना मन्त्रीमध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयवाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एउटै कार्यकालमा श्रेष्ठले तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसअनुसार सुरूमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकबाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।

अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन् । उनले आजै परराष्ट मन्त्रीको हैसियतमा सपथ ग्रहण गर्दैछन् । साथै, माओवादीले सबै मन्त्रीहरूलाइ दोहोरयाउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन । उनले सम्भवतः नदोहरिने संकेत पाएर हुन सक्छ हिजो नै पुल्चोकस्थित मन्त्री क्वाटरबाट झिटीझाम्टा लिएर बाहिरएका थिए । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आएका छन् । तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन् । जसअनुसार श्रेष्ठसहित सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहोरिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७