विवेकशील साझाका पर्सा संयोजकसहित १५ जना नेकपा प्रवेश (सूचीसहित)

काठमाडौं, २२ जेठ । विवेकशील साझा पार्टीका पर्सा जिल्ला संयोजक रामकुमार पाण्डेसहित १५ जना नेता–कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनीहरूलाई मंगलबार खुमलटारस्थित निवासबाट पार्टी प्रवेश गराएका हुन् । यसअघि आइतबार संयोजक पाण्डेसहितको बैठकले विवेकशील साझा पार्टीको केन्द्रले पर्सा जिल्लालाई ध्यान नदिएकाले निस्क्रिय बस्न बाध्य भएको निष्कर्ष निकालेको थियो । विवेकशील र साझा पार्टी मिलेर विवेकशील साझा बनेपछि जिल्ला समिति नै नेकपामा प्रवेश गरेको यो पहिलो पटक हो ।