एशिया प्रशान्त क्षेत्रीय बाल विकास सम्मेलन शुरु


२२ जेष्ठ २०७५, मंगलवार
Maunteshwari

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बाल विकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् । Maunteshwari

प्रधानमन्त्री ओलीले नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने जानकारी दिए । उनले गत महिना भएको विद्यार्थी भर्ना अभियानबाट विद्यालय जाने उमेरका करीब ९० हजार बालबालिका विद्यालयको पहुँचमा आएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यालयमा टिकाइराख्नु सरकारको उच्च प्राथमिकता भएको बताए ।

उनले प्रारम्भिक बालविकासका सरोकार भएकाबीच प्रारम्भिक बालविकाससम्बन्धी अभ्यासको समीक्षा गर्ने, प्रारम्भिक बालविकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकास क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रियस्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान तथा प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीति बारे छलफल गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।
शिक्षा मन्त्रालयको आयोजनामा आजदेखि शुरु भएको सम्मेलन यही जेठ २४ गतेसम्म चल्नेछ । सो क्षेत्रका मुलुकका विभिन्न शिक्षा तथा स्वास्थ्यमन्त्री एवं सचिव र विज्ञको सहभागिता रहेको सम्मेलनमा एशिया तथा प्रशान्त क्षेत्रका ४० भन्दा बढी मुलुकका ३२५ जनाको सहभागिता छ । सम्मेलनमा नेपालबाट प्रारम्भिक बालविकाससँग सम्बन्धित नीति निर्माता, सरकारी तथा गैरसरकारी संघ तथा संस्थाका गरी २१५ जनाको सहभागिता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७