ग्वाटेमाला : ज्वालामुखीको लाभाले गाउँ पुर्दा (भिडियोसहित)

काठमाडौं, २२ जेठ । ग्वाटेमालामा फोएगो ज्वालामुखी विष्फोट भई निस्केको लाभाले पुर्दा दर्जनौंको मृत्यु भएको छ । लाभाले प्रभावित एल राडिओ गाउँकी एउटी महिलाले आफू भागेर बाँचेको तर, परिवारका अरू सदस्यहरूको मृत्यु भएको हुनसक्ने बताएकी छन् । स्थानीय विशेषज्ञहरूका अनुसार यो सन् १९७४ यताको सबभन्दा ठूलो ज्वालामुखी विष्फोट हो । बीबीसी