बिजुलीको पोल ढलेर करेण्ट लाग्दा शिक्षकसहित दुई जनाको घटनास्थलमै मृत्यु


०७:५३ बजे

कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ ।

एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घर नजिकै पोल ढल्दा करेण्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै ज्यान गएको स्थानीय रोहनकुमार विष्टले जानकारी दिए । घर नजिकै पोल ढलेर तारले छोएर मृत्यु भएको उनले बताएका छन् । उनले भने, ‘बिजुलीको तारले घर छोएको छ ।’

केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् । बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताए । घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पोषण थापाले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७